Market Closed

सिद्धार्थ इन्सुरेन्सको नाफामा सुस्त सुधार हुँदा रिजर्भ आकर्षक

15 May,2019
  • siddhartha-insurance-compa_8_5_2018_10_30_44.jpg
काठमाडौं : सिद्धार्थ इन्सुरेन्सको नाफा ०.३३% ले बढेको छ । यसले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड १० लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष १८ करोड  ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सिद्धार्थको चुक्ता पुँजी ३४.९९% ले बढेर ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुगेको छ । बिमा कोषको आकार यस अवधिमा २८.८३% ले बढेर ६४ करोड ७९ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष बिमा कोषमा ५० करोड २९ लाख ४३ हजार रुपैयाँ थियो । महाविपत्ति जगेडामा पनि ७ करोड ७० लाख ३३ हजार रुपैयाँ छ । गत वर्ष महाविपत्ति जगेडामा ६ करोड ३६ लाख ९९ हजार रुपैयाँ थियो । सिद्धार्थको खुद बिमा शुल्क आय भने ५.६५% ले घटेर ६१ करोड ९६ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष खुद बिमा शुल्क ६५ करोड ६७ लाख ८३ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा सिद्धार्थले ३८ करोड ५३ लाख ४४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ६० करोड ८४ लाख ९७ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । कम्पनीले जगेडा कोष (रिजर्भ) मा आकर्षक सुधार गरेको छ । जगेडा कोष १२७.६२% ले बढेर २७ करोड ४७ लाख ६७ हजार रुपैयाँ पुगेको हो ।

गत वर्ष यही अवधिमा जगेडा कोषमा १२ करोड ७ लाख ११ हजार रुपैयाँ थियो । चैैत मसान्त सम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी भने ९ रुपैयाँ ६३ पैसाले घटेर २७ रुपैयाँ ८७ पैसामा सीमित भएको छ । चुक्ता पुँजी बढे अनुसार नाफा वृद्धि हुन नसक्दा त्यसको प्रत्यक्ष प्रभाव प्रतिसेयर आम्दानीमा परेको हो । 

सिद्धार्थ इन्सुरेन्सको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् । 
 

Post Your Comment