Market Closed

सिद्धार्थ इन्सुरेन्सको १५.४८% बोनस सेयर पारित गर्न शुक्रबार एजीएम बस्ने

26 Jun,2019
  • siddhartha-insurance-compa_8_5_2018_10_30_44.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ इन्सुरेन्सले १५.४८% बोनस सेयर वितरण प्रस्ताव पारित गर्न शुक्रबार (असार १३ गते) साधारण सभा बोलाएको छ । सभा रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर कमलपोखरी, काठमाडौमा बिहान ११ बजे सुरु हुनेछ । सिद्धार्थले बोनस सेयर वितरणमा १३ करोड ४० लाख ८१ हजार ६५० रुपैयाँ खर्च गर्नेछ । लगानीकर्ताले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पाउने छैनन् ।

यसर्थ, बोनसको कर सेयरधनी आफैंले तिर्नु जानुपर्नेछ । यसबाट आम लगानीकर्तालाई भने निकै झन्झटिलो हुनेछ । यस्तै, २०७४–७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेका छन् । लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभाले संस्थापक सेयरधनी समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभाका लागि जेठ ३० देखि असार १३ गतेसम्म बुक क्लोज गरिएको छ । जेठ २९ गतेसम्म कायम सेयरधनीले बोनस सेयर पाउनेछन् । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

सिद्धार्थ इन्सुरेन्सको साधारण सभाको सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment