Market Closed

सिद्धार्थ इन्सुरेन्सको वित्तीय अवस्थाको झलक

22 Nov,2019
  • siddhartha-insurance-compa_8_5_2018_10_30_44.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४ करोड ७९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा २.७६% ले बढी हो । गत वर्ष इन्सुरेन्सले ४ करोड ६६ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
इन्सुरेन्सको बिमा कोष २०.०१% ले बढेर ६८ करोड ८५ लाख ९८ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क २७ करोड ६८ लाख २९ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म प्रतिसेयर आम्दानी १९ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ११ पैसा छ । 




Post Your Comment