Market Closed

सिन्धुको ५.९५% बोनस पुग्यो खातामा, आरएसडीसीले पनि जम्मा गर्यो १०% बोनस

21 Apr,2019
  • dividends_img_4_21_2019_10_17_30.jpg
नेपाली पैसा
 
काठमाडौं : सिन्धु विकास बैंक र आरएसडीसी लघुवित्त वित्तीय संस्थाले बोनस सेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएका छन् । सिन्धुले असार २१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको ५.९५% बोनस सेयर हितग्राही खातामै जम्मा गरिदिएको हो ।
 
यस्तै, आरएसडीसीले पनि १०% बोनस सेयर हितग्राही खातामा पठाएको हो । आरएसडीसीको पुस १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको बोनस खातामा जम्मा भएको छ । दुवै कम्पनीका अनुसार बोनस सेयर नेप्सेमा सूचीकरण भई अभौतिक रुपमा कारोबार हुने ब्यवस्था समेत भइसकेको छ । 
 
यता, सिन्धुले असार ३१ गते बसेको वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ५.९५% र कर तिर्न ०.३१३% नगद लाभांश दिने एजेन्डा पारित गरेको थियो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ पुगेको छ ।
 
साथै, आरएसडीसी लघुवित्त वित्तीय संस्थाले पुस २९ गते वार्षिक साधारण सभाबाट १०% बोनस सेयर र ०.५३% नगद लाभांश दिने प्रस्ताव परित गरेको थियो । बोनस वितरणपछि चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ पुगेको छ । 
 

Post Your Comment