Market Closed

सिन्धुको ५ लाख ३५ हजार कित्ता लिलामी सेयरमा बोलपत्र बुझाउने आइतबार अन्तिम मौका

08 Jun,2018
  • Sindhu-bikas-bank-Ltd_5_1_6_8_2018_5_54_39.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिन्धु विकास बैंकको संस्थापक समूहको ५ लाख ३५ हजार ३०१.४० कित्ता सेयर लिलामी बोलपत्र भर्ने आइतबार (जेठ २७ गते) अन्तिम दिन हो । बैंकले जेठ ११ गतेदेखि सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी यो सेयर लिलामीमा ल्याएको हो । यसअघि बिक्री खुला गर्दा सबै सेयर नबिकेपछि सर्वसाधारणले पनि भर्न सक्ने गरी फेरि लिलामीमा ल्याएको हो । 
 
यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लजिम्पाट, काठमाडौं पुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसैगरी, एनआइबीएल एसको लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सूर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ । 
 
न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिन्धुले १ करोड ८१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ५८ पैसा छ ।
 
 

Post Your Comment