Market Closed

सिन्धु विकास बैंकले दिने भयो ५.९५% बोनस, कर तिर्न ०.३१% नगद पनि

17 Jun,2018
  • Sindhu-bikas-bank-Ltd_6_17_2018_3_10_07.jpg
नेपाली पैसा
 
काठमाडौं : सिन्धु विकास बैंकले ५.९५% बोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समिति बैठकले बोनस दिने निर्णय गरेको हो । सिन्धुले बोनस सेयरमा लाग्ने कर तिर्न ०.३१% नगद लाभांश पनि दिने भएको छ । बैंकको प्रस्तावित बोनस नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिन्धुको चुक्ता पुँजी ४१ करोड ८१ लाख १६ हजार रुपैयाँ छ । बैंकले तेस्रो त्रैमासमा १ करोड ८१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ५८ पैसा छ ।

Post Your Comment