Market Closed

सिन्धुको ५.९५% बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन, असार ३१ मा एजीएम

05 Jul,2018
  • Sindhu-bikas-bank-Ltd_7_5_2018_11_21_16.jpg
नेपाली पैसा
 
काठमाडौं : सिन्धु विकास बैंकको ५.९५% बोनस सुरक्षित गर्ने बिहीबार (असार २१ गते) अन्तिम दिन हो । असार ३१ म वार्षिक साधारण सभा गर्न बैंकले शुक्रबारदेखि बुक क्लोज गर्दैछ । यसआधारमा, बिहीबारसम्म कायम सेयरधनीले मात्र बैंकले वितरण गर्ने बोनस सुरक्षित गर्न सक्नेछन् । 
 
सभामा बैंकले कर तिर्न ०.३१३% नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्दैछ । सिन्धुले २ करोड ८० लाख ८० हजार ८१६ रुपैयाँ बराबरको बोनस र १४ लाख ७७ हजार ९३७ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । सभा मिरावल रिसोर्ट एन्ड होटल प्रालि, धुलिखेलमा बिहान १० बजे सुरु हुनेछ ।
 
बैंकको कार्यक्षेत्र चितवन र मकवानपुरमा पनि विस्तार गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि पेश हुँदैछ । सर्वसाधारण समूहका ३ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा सिन्धुको चुक्ता पुँजी ४१ करोड ८१ लाख १६ हजार रुपैयाँ छ । हाल यस बैंकले संस्थापक समूहको ५ लाख ३५ हजार ३०१ कित्ता सेयर सर्वसाधारणले पनि किन्न पाउने गरी लिलामीमा बिक्री खुला गरिरहेको छ । लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४७ करोड १९ लाख ४६ हजार ५०० रुपैयाँ पुग्नेछ ।
 
बोनस वितरणपश्चात सिन्धुको पुँजी अझै बढ्नेछ । तेस्रो त्रैमासमा बैंकले १ करोड ८१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ५८ पैसा छ ।

Post Your Comment