सिन्धुको ५.९५% बोनसमा मूल्य समायोजन : असार ३१ एजीएम, कार्य क्षेत्र विस्तार

06 Jul,2018
  • Sindhu-bikas-bank-Ltd_7_5_7_6_2018_1_59_46.jpg
नेपाली पैसा
 
काठमाडौं : सिन्धु विकास बैंकको ५.९५% बोनस सेयरमा भाउ समायोजन भएको छ । समायोजनपछि सिन्धुको सेयर मूल्य प्रतिकित्ता १२४ रुपैयाँ ५९ पैसामा झरेको छ । अब आइतबार सिन्धुको सेयर कारोबार यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य भने २०६ रुपैयाँ २९ पैसा रहेको छ ।

असार ३१ मा हुने साधारण सभामा सिन्धुले ५.९५% बोनस सेयर प्रस्ताव पेश गर्दैछ । त्यसका लागि बैंकले शुक्रबारदेखि बुक क्लोज गरेको छ । बिहीबारसम्म कायम सेयरधनीले मात्र बैंकले वितरण गर्ने बोनस पाउन सक्नेछन् । साधारण सभामा बैंकले कर तिर्न ०.३१३% नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्दैछ ।

सिन्धुले २ करोड ८० लाख ८० हजार ८१६ रुपैयाँ बराबरको बोनस र १४ लाख ७७ हजार ९३७ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । सभा मिरावल रिसोर्ट एन्ड होटल प्रालि, धुलिखेलमा बिहान १० बजे सुरु हुनेछ । बैंकको कार्यक्षेत्र चितवन र मकवानपुरमा पनि विस्तार गर्ने एजेन्डा रहेको छ ।

आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि पेश हुँदैछ । सर्वसाधारण समूहका ३ जना सञ्चालकको निर्वाचन पनि हुनेछ ।
 

Post Your Comment