Market Closed

सिन्धुको ५.९५% बोनस पारित गर्न एजीएम बस्दै, कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पनि

15 Jul,2018
  • Sindhu-bikas-bank-Ltd_7_15_2018_10_47_26.jpg
नेपाली पैसा
 
काठमाडौं : सिन्धु विकास बैंकको साधारण सभा मिरावल रिसोर्ट एन्ड होटल प्रालि, धुलिखेलमा १० बजेबाट सुरु भएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट ५.९५% बोनस र कर तिर्न ०.३१३% नगद लाभांश दिने प्रस्ताव पेश गरेको छ । बैंकले २ करोड ८० लाख ८० हजार ८१६ रुपैयाँ बराबरको बोनस र १४ लाख ७७ हजार ९३७ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
 
बैंकको कार्यक्षेत्र चितवन र मकवानपुरमा पनि विस्तार गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि राखिएको छ ।
 
सभामा सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा समेत छ । साधारण सभा गर्न सिन्धुले असार २२ देखि आइतबार (असार ३१ गते) सम्म बुक क्लोज गरेको छ । असार २१ सम्म कायम सेयरधनीले मात्र बोनस पाउन सक्नेछन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा सिन्धुको चुक्ता पुँजी ४१ करोड ८१ लाख १६ हजार रुपैयाँ छ ।
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले १ करोड ८१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ५८ पैसा छ ।

Post Your Comment