Market Closed

सिन्धुको नाफामा यसरी आयो ५७.८८% गिरावट, प्रतिसेयर आम्दानी ३.१३ रुपैयाँमा सीमित

01 Aug,2018
  • Sindhu-bikas-bank-Ltd_8_1_2018_1_17_50.jpg
नेपाली पैसा
 
काठमाडौं : सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७४–०७५ को अन्त्यसम्म १ करोड ५६ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.८८% ले थोरै हो । अघिल्लो आवको साही अवधिमा सिन्धुले ३ करोड ७२ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
 
बैंकको खुद ब्याज आम्दानी ९.१४% ले बढेको छ । तर सञ्चालन नाफामा ५७.८८% को गिरावट आएपछि खुद नाफा पनि प्रभावित भएको हो । अघिल्लो आवको चौथो त्रैमासमा ९ करोढ ९९ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको सोही अवधिमा १० करोड ९१ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ ।
 
यता, सञ्चालन नाफा भने ५ करोड ८५ लाख १६ हजार रुपैयाँबाट घटेर २ करोड ४६ लाख ४६ हजार रुपैयाँमा सीमित बनेको छ । सिन्धुले २ अर्ब २७ करोड ४७ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५५ करोड ८८ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रभिजनमा २ करोड १६ लाख ६ हजार रुपैयाँ राखेको छ । यसको खराब कर्जा २.९२% रहेको छ ।
 
बैंकले यो अवधिमा चुक्ता पुँजी ९०.७१% ले बढाएर ५० करोड २७ हजार पुर्याएको छ । रिजर्भ कोषमा ६ करोड १७ लाख १० हजार रुपैयाँ मात्र रहेको छ । सिन्धुको प्रतिसेयर आम्दानी वार्षिक ३ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ३४ पैसा रहेको छ ।

सिन्धुको चौथो त्रैमासिक वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment