Market Closed

साना किसानले दिने भयो २५% बोनस, कर तिर्न १.३१६% नगद पनि

24 Sep,2017
  • Sana-kisan-bikas-bank-Ltd_9_24_2017_3_35_28.jpg
नेपाली पैसा
 
काठमाडौं : साना किसान विकास बैंकले २५% बोनस सेयर र कर तिर्न १.३१६% नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले लाभांश पाउनेछन् । हाल साना किसानको चुक्ता पुँजी ५० करोड ३० लाख ६२ हजार रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३३ करोड ६ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ ३२० रुपैयाँ ८५ पैसा छ ।
 

Post Your Comment