यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २२.३५% र २४.९९% ले वृद्धि गरेको छ । कम्पनीले रिजर्भ फन्ड पनि ४१.७१% ले बढाउन सफल भएको छ । यो त्रैमाससम्ममा कम्पनीले रिजर्भ फन्डमा १ अर्ब ६७ करोड ८६ लाख रुपैयाँ जम्मा गरेको छ ।
खराब कर्जा ०.०८% र कस्ट अफ फन्ड ५.९०% छ । साना किसानको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ ५६ पैसा रहेको छ ।
