Market Closed

स्वरोजगारको २०% बोनस डिम्याट खातामा पठाउने तयारी, असोज ४ सम्म पहिलो चरणमा

18 Dec,2018
  • Swarojgar-laghubitta-bikas-bank-Ltd_8_17_2018_11_56_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गर्न तयारी सुरु गरेको छ । कम्पनीले पहिलो चरणमा गत असोज ४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस खातामा जम्मा गर्न तयारी थालेको हो । बोनस सेयर नेप्सेमा सूचीकरण गराउने बित्तिकै खातामा जम्मा गरिदिनेछ ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीको भने अभौतिकरण गराएपछि मात्र खातामा पठाइनेछ । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र सम्बन्धित सेयरधनीको खातामा बोनस सेयर जम्मा हुनेछ । स्वारोजगारको गत असोज २० गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट २०% बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
 
 
 

Post Your Comment