Market Closed

स्वरोजगार पनि लाग्यो मर्जको बाटोमा, गाभ्ने–गाभिने काम सम्पन्न भएपछि १००% हकप्रद

01 Jul,2019
  • Webp.net-resizeimage_9_6_2018_1_51_53.jpg
नेपाली पैसा
 
काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनको बाटो खुला गर्ने भएको छ । कम्पनीले अन्य कुनै संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्न साउन ११ गते विशेष साधारण सभा बोलाएको छ । 
 
अन्य कुनै संस्थालाई मर्ज वा एक्वायर गरिसकेपछि कायम चुक्ता पुँजीमा १००५ हकप्रद जारी गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ । साथै, संस्थाको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा फेरवदल गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।
 
विशेष साधारण सभा प्रयोजनाका लागि असार २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउने लघुवित्तले जनाएको छ ।


Post Your Comment