Market Closed

स्वरोजगार पनि मर्जरको बाटोमा, साउन ११ मा सभा गर्न कहिले हुँदैछ बुक क्लोज ?

03 Jul,2019
  • special_agm_7_3_2019_11_22_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनको बाटो खुला गर्ने भएको छ । कम्पनीले अन्य कुनै संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्न साउन ११ गते विशेष साधारण सभा बोलाएको छ । 
 
सभा प्रयोजनाका लागि कम्पनीले असार २४ गतेदेखि बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार २३ गते सोमबार सम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । 
 
 कुनै संस्थालाई मर्ज वा एक्वायर गरिसकेपछि कायम चुक्ता पुँजीमा १००% हकप्रद जारी गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ । संस्थाको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा फेरवदल गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत छ ।

स्वरोजगार लघुवित्तको विशेष साधारण सभाको सूचना यहाँबाट हेर्नुहोस् । 
 
 

Post Your Comment