स्वरोजगारले मर्ज–एक्वायर गरिसकेपछि १००% हकप्रद ल्याउने, विशेष साधारण सभा कहिले ?

08 Jul,2019
  • right_sharen_7_8_2019_12_53_57.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साउन ११ गते विशेष साधारण सभा गर्न मंगलबार (असार २४ गते) देखि बुक क्लोज गर्ने भएको छ । यसर्थ, सोमबार (असार २३ गते) सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । कम्पनीले मर्जर तथा एक्विजिसनमा जानका लागि आवश्यक काम गर्ने अनुमति लिन विशेष साधारण सभा बोलाएको हो ।

मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा पेश गरिने भएको छ ।  कुनै संस्थालाई मर्ज वा एक्वायर गरिसकेपछि कायम चुक्ता पुँजीमा १०० हकप्रद जारी गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।

संस्थाको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा फेरवदल गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत छ । विशेष साधारण सभा होटेल जुगल, मिराबल चोक, धुलिखेलमा बिहान १०ः३० बजे बस्नेछ । 

स्वरोजगार लघुवित्तको विशेष साधारण सभाको सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment