Market Closed

स्वरोजगार लघुवित्तको शनिबार विशेष साधारण सभा, यस्ता छन् प्रमुख एजेन्डा

24 Jul,2019
  • sgm_img_7_24_2019_12_07_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शनिबार (साउन ११ गते) विशेष साधारण सभा बोलाएको छ । सभा होटेल जुगल, मिराबल चोक, धुलिखेलमा बिहान १०ः३० बजे बस्नेछ । कम्पनीले मर्जर तथा एक्विजिसनमा जानका लागि आवश्यक काम गर्ने अनुमति लिन विशेष साधारण सभा डाकेको हो । मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा पेश गरिने छ । 
 
कुनै संस्थालाई मर्ज वा एक्वायर गरिसकेपछि कायम चुक्ता पुँजीमा १००% हकप्रद जारी गर्ने एजेन्डा पनि पेश हुनेछ । संस्थाको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा फेरबदल गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत छ । 
 
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २४ गते देखि बुक क्लोज गरेको छ । असार २३ गते सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । 
 
 
 

Post Your Comment