Market Closed

स्वरोजगार लघुवित्तको साउन १० मा विशेष एजीएम, जनकपुरलाई एक्वायर प्रमुख एजेन्डा

10 Jul,2020
  • sgm_2_6_7_10_2020_11_01_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साउन १० गते विशेष साधारण सभा बोलाएको छ । सभामा जनकपुर लघुवित्तलाई १ः०.७ कित्ता सेयर दिने गरी प्राप्ति (एक्वायर) गर्ने मुख्य एजेन्डा पेश हुँदैछ । दुवै कम्पनी एक भएपछि जनकपुरका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर स्वरोजगारकोे ७० कित्ता सेयर पाउनेछन् । कम्पनीको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
 
सभा सी डब्लु रेस्र्टो एन्ड क्याफे, कमलादी काठमाडौमा बिहान ११ बजे सुरु हुनेछ । दुवै कम्पनीले यसअघि नै एक्वायर गर्ने अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । अब दुवैले आ—आफ्नो विशेष वा वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै कम्पनीले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । दुवै संस्था एक भएपछि स्वरोजगार लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने एजेन्डा पनि रहेको छ । 
 
यस्तै, एक्वायर भएपछि १००% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि छ । सभा प्रयोजनका लािग स्वारोजगारले साउन ४ गते बुक क्लोज गर्दैछ । हाल स्वारोजगारको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ । यता, जनकपुर लघुवित्तको जनकपुर उपमहानगरपालिकामा रजिष्टर्ड कार्यालय रहेको रहेको छ । दुवै कम्पनी एक भएपछि कार्यालय नागर्जुन नगरपालिका काठमाडौंमा स्थानान्तरण गर्ने प्रस्ताव पनि सभामा लगिदैछ । 
 
 
 
 
 

Post Your Comment