Market Closed

सूर्योदयको खुद नाफमा १८.४७% गिरावट, प्रतिसेयर आम्दानी कति ?

06 Aug,2018
  • Suryodaya-laghubitta-bittiya-sanstha-Ltd_8_6_2018_5_25_10.jpg
नेपाली पैसा
 
काठमाडौं : सूर्योदय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको तुलनामा १८.४७% ले थोरै हो । अघिल्लो वर्ष कम्पनीले २ करोड ३७ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सूर्योदयको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि अघिल्लो वर्षको तुलनामा क्रमशः ८.६३% र १८.४७% ले घटेको छ ।
 
अघिल्लो वर्ष ६ करोड ९८ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा ६ करोड ३८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि ३ करोड ७२ लाखबाट घटेर ३ करोड ३ लाख ८७ हजार रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आएपछि खुद नाफा पनि घटेको हो ।
 
चुक्ता पुँजी ७ करोड ५६ लाख रुपैयाँ रहेको सूर्योदयको जगेडा कोषमा भने ८ करोड ३१ लाख ९५ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजीको आधारमा यो जगेडा कोषलाई राम्रो देखिएको छ । कम्पनीले यो त्रैमाससम्ममा ३९ करोड ९० लाख निक्षेप संकलन गरेको छ । यसैगरी, कर्जा लगानी ८७ करोड ८ लाख ७५ हजार रुपैयाँ छ ।
 
यता, सूर्योदयको खराब कर्जा बढेर १.१४% कायम भएको छ । अघिल्लो वर्ष कम्पनीको खराब कर्जा ०.६९% मात्र रहेको थियो । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५८ पैसा रहेको सूर्योदयको प्रतिसेयर नेटवर्थ भने २१० रुपैयाँ ५ पैसा रहेको छ ।

Post Your Comment