सूर्योदयको खुद नाफा ६१.१४% बढ्दा प्रतिसेयर आम्दानीमा किन आयो गिरावट ?

04 Feb,2019
  • Suryodaya-laghubitta-bittiya-sanstha-Ltd_8_6_2018_5_25_10.jpg
नेपाली पैसा
 
काठमाडौं : सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक दोस्रो त्रैमासमा १ करोड ६३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको तुलनामा ६१.१४% ले बढी हो । अघिल्लो वर्ष कम्पनीले १ करोड १ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
सूर्योदयको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि अघिल्लो वर्षको तुलनामा क्रमशः ५९.३२% र ३८.८६% ले बढेको छ । अघिल्लो वर्ष ३ करोड ५ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा ४ करोड ८६ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि १ करोड ५९ लाख ७२ हजारबाट बढेर २ करोड २१ लाख ८३ हजार रुपैयाँ पुगेको छ । 
 
सूर्योदयले यो त्रैमाससम्ममा ४८ करोड १६ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यसैगरी, कर्जा लगानी १ अर्ब १० करोड ८ लाख ९० हजार रुपैयाँ छ । खराब कर्जा घटेको छ । गत वर्ष १.१९% रहेको खराब कर्जा यस वर्ष १.०९% मा झरेको छ ।
 
चुक्ता पुँजी १० करोड ६९ लाख १९ हजार रुपैयाँ रहेको सूर्योदयको जगेडा कोषमा भने ६ करोड ५५ लाख ५४ हजार रुपैयाँ रहेको छ । गत वर्ष यसको चुक्ता पुँजी ४ करोड ७६ लाख र जगेडा कोषमा ४ करोड ३५ लाख १४ हजार रहेको थियो । गत वर्षको तुलनामा पुँजी १२६.७२% ले बढेको छ । 
 
यता, पुँजी वृद्धिको अनुपातमा नाफा बढ्दा प्रतिसेयर आम्दानी भने १२ रुपैयाँ ३६ ले घटेर ३० रुपैयाँ ३५ पैसा (वार्षिक) मा सीमित भएको छ । गत वर्ष सूर्योदयको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ७१ पैसा (वार्षिक) थियो । सूर्योदयको प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ ७४ पैसा रहेको छ ।

सूर्योदयको रिपोर्ट यहाँबाट हेर्नुहोस् ।

Post Your Comment