Market Closed

सूर्या लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (सोमवार, २७ भदौ २०७३)

12 Sep,2016
  • surya-life-insee-_9_12_2016_2_48_14.png


कम्पनीको २०७२/७३ आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा दुई गुणा बढेको छ । आम्दानी करीब साढे ५ गुणा बढेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती चित्र : अन्तिम २ व्यापार दिनमा सेतोे मैनबत्ती बनेको छ । यसले शेयर खरीद चाप बढेको देखिन्छ ।

आरएसआई : न्यूट्रल जोन (६४ दशमलव ८८ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा छ । स्ट्याण्डर्ड डेभिएशन २२ दशमलव ६६ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य ७ दिने रेखा, टे«ड लाइन र २१ दिने रेखा ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ८ सय ४४ मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. ९ सय ५० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को चौथो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- कम्पनीको अन्तिम त्रैमासमा खुद नाफा दुई गुणा बढेर रू. २ करोड ८३ लाख पुगेको छ । आय ७२ दशमलव ३४ प्रतिशत र आम्दानी साढे ५ गुणा बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा २ दशमलव ४६ प्रतिशतबाट बढेर ५ दशमलव ६७ प्रतिशत पुगेको छ ।

- जगेडा कोष १८ दशमलव ४५ प्रतिशत बढेर रू. १५ करोड ९९ लाख र बीमा कोष ६२ दशमलव ९२ प्रतिशत बढेर रू. १ अर्ब ७३ करोड पुगेको छ ।

- आय ७२ दशमलव ३४ प्रतिशत बढेर रू. १ अर्ब २८ करोड र व्यय ५२ दशमलव १७ प्रतिशत बढेर रू. ५७ करोड २ लाख पुगेको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू ४६ दशमलव ९८ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू ५५ दशमलव ५९ प्रतिशत बढेको छ ।

- कुल दाबी भुक्तानी सङ्ख्या ५ सय १३ छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या ४ छ ।

- कम्पनीको चौथो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. ५ दशमलव ६८ र पीई रेशियो साढे १ सय ५० गुणा छ । हालको शेयर मूल्य नेटवर्थको ७ गुणा छ ।

Post Your Comment