Market Closed

सूर्या लाइफले टेन्डरमा बिक्री गरेको सेयर भयो बाँडफाँड, पुस २६ देखि पैसा फिर्ता पाइने

05 Jan,2017
  • auctoinss_1_5_2017_1_47_16.png
नेपाली पैसा 
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले टेन्डरमा बिक्री गरेको सेयर बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको २० हजार नौ सय ७३ कित्ता सेयर टेन्डर प्रक्रियामार्फत पुस १२ देखि पुस १८ गतेसम्म बिक्री खुला गरेको थियो । यही सेयर पुस २० गते बाँडफाँड गरिएको हो । हकप्रद निष्कासन गर्दा बिक्री नभएका कम्पनीले टेन्डरमार्फत बिक्री गरेको हो । सूर्य लाइफले गत साउन २० देखि भदौ २२ सम्म हकप्रद सेयर निष्कासन खुला गरेको थियो ।
 
लगानीकर्ताले न्यूनतम एक सय रूपैयाँलाई आधार मानी त्यसभन्दा माथि भाउ तोकी टेन्डर प्रस्ताव गरेका थिए । यसमा न्यूनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो । कम्पनीले सेयर नपाउनेलाई पुस २६ गतेदेखि पैसा फिर्ता दिने भएको छ । लक्ष्मी क्यापिटल लिमिटेड नयाँ बानेश्वरबाट पैसा फिर्ता लिन सकिनेछ । 

Post Your Comment