सूर्या लाइफ इन्सुरेन्सले पायो ४०% हकप्रद बिक्री गर्ने अनुमति, अब कति पुग्ला पुँजी ?

19 Mar,2018
  • surya-life-insurance-compan_2_13__3_19_2018_4_24_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले ४०% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सूर्यालाई १०ः४ अनुपातमा २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटल लिमिटेडले गर्नेछ ।

सूर्या लाइफको गत भदौं २७ गते सम्पन्न साधारण सभाले ४०% प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही निर्णय बमोजिम सूर्याले अहिले हकप्रद निष्कासन प्रक्रिया अघि बढाएको हो । हाल कम्पनीको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ । यही चुक्ता पुँजीबाट ४०% हकप्रद निष्कासन गर्न लागिएको हो ।

४०% हकप्रदपछि चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । सूर्या लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड २६ लाख ५७ हजार खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ १३ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १५१ रुपैयाँ ६९ पैसा छ । 
 
 

Post Your Comment