Market Closed

सूर्या लाइफको लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता, आइपीएस सदस्य बैंकमा खाता हुनैपर्ने

19 Aug,2018
  • surya-life-insurance-company-ltd_8_8_2018_10_31_43.jpg
नेपाली पैसा
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले आइतबार (भदौ ३ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेकै बैंक तथा वित्तीय संस्थाको खाताम रकम फिर्ता गर्न थालिएको हो । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टरबैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइनेछ । 
 
यता, आवेदन फारममा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर उल्लेख नगरेका र खाता नम्बर फरक परी रकम जम्मा हुन नसकेका सेयरधनीलाई आइपीएस सदस्य बैंक तथा वित्तीय संस्थामा खाता खोल्न आग्रह गरिएको छ । अनिमात्र खातामा पैसा फिर्ता आउनेछ । 
 
सूर्याले साउन १६ गतेदेखि संस्थापक समूहको ३ हजार २८९ कित्ता र सर्वसाधारण समूहको ७१ हजार ९५ कित्ता सेयर लिलामीमा ल्याएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ४८ लाख २१ हजार रुपैयाँ छ । 
 
गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १२ करोड १२ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०८ पैसा रहेको सूर्याको प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ ७७ पैसा छ । 
 
 

Post Your Comment