Market Closed

सूर्या लाइफ ७०% हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड, अब कति पुग्छ चुक्ता पुँजी ?

04 Nov,2018
  • surya-life-insurance-company-ltd_8_8_2018_10_31_43.jpg
नेपाली पैसा
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले ७०% हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्सुरेन्सले १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद बिक्री गर्न अनुमति मागेको हो । यो हकप्रदमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । सूर्याले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रदको बाटो रोजेको हो । 
 
यो इन्सुरेन्सले गत असार ३२ गतेको साधारण सभाबाट पारित १२% बोनसपछि कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजीको ७०% हकप्रद बिक्री गर्न लागेको हो । यो हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सूर्याले १२ करोड १२ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

Post Your Comment