Market Closed

सूर्या लाइफको खुद नाफा २१% ले उक्लियो, जीवन बिमा कोषमा यस्तो पैसा, ७०% हकप्रद आउँदै

15 Nov,2018
  • surya-life-insurance-company-ltd_8_8_2018_10_31_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३२ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा २१% धेरै हो । गत वर्ष कम्पनीले ५ करोड २२ लाख ८७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस त्रैमास सम्ममा सूर्याले ४१ करोड १९ लाख ७३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

गत वर्ष ३४ करोड ९६ लाख ४४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । सूर्या लाइफले ५ करोड २३ लाख ८९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष ४ करोड १३ लाख ७ हजार रुपैयाँ दाबी भुक्तानी भएको थियो । 
 
हाल सूर्याको चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ रहेको छ । पुँजी बढाउने अभियानमा रहेको यस कम्पनीले ७०% हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । यो इन्सुरेन्सले १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद बिक्री गर्न अनुमति मागेको हो ।

हकप्रदमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । सूर्याले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रदको बाटो रोजेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँबाट ७०% हकप्रद बिक्री गर्न लागेको हो ।

हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको जगेडा कोषमा ३९ करोड ९ लाख ८७ हजार रुपैयाँ रहेको छ । यस्तै, महाविपत्ति जगेडा कोषमा पनि ५ करोड ९६ लाख ३४ हजार राखेको छ । 
 
यस इन्सुरेन्सले जीवन बिमा कोषको आकार ३ अर्ब ८९ करोड २१ लाख ५९ हजार रुपैयाँ पुर्याएको छ । जबकी गत वर्ष जीवन बिमा कोषमा २ अर्ब ७१ करोड ७ लाख २१ हजार रुपैयाँ मात्र थियो । प्रतिसेयर आम्दानी २२ रुपैयाँ २६ पैसा रहेको सूर्याको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ८१ पैसा रहेको छ । 

सूर्या लाइफको रिपोर्ट पढ्न यो लिंकमा क्लिक गर्नुहोस्
 
 
                            
 

Post Your Comment