Market Closed

सूर्या लाइफको खुद नाफा ४८.९५% ले बढ्दा प्रतिसेयर आम्दानी किन घट्यो ?

13 Feb,2019
  • surya-life-insurance-company-ltd_8_8_2018_10_31_43.jpg
नेपाली पैसा
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ८२ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्ष भन्दा ४८.९५% बढेको छ । गत वर्ष इन्सुरेन्सले ७ करोड २६ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
 
सूर्या लाइफको खुद बिमा शुल्क ३९.९४% ले बढेर ९५ करोड ३३ लाख २६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा शुल्क ६८ करोड १२ लाख १६ हजार रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म इन्सुरेन्सले कुल ११ करोड २७ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने कुल १ करोड ५१ लाख २२ हजार रुपैयाँ रहेको छ ।
 
दोस्रो त्रैमाससम्म सूर्या लाइफको चुक्ता पुँजी ५६.८% बढेर १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुगेको छ । यता, इन्सुरेन्सले जगेडा कोष भने ३०.३८% ले बढाएर ४३ करोड १४ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष जगेडा कोषमा ३३ करोड ८ लाख ९६ हजार रुपैयाँ रहेको थियो । यसले ७०% हकप्रद बिक्री गर्न अनुमति पाएको छ । उक्त हकप्रदपछि भने पुँजी १ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ पुग्नेछ ।
 
इन्सुरेन्सको जीवन बिमा कोष ४५.०४% ले बढेर ४ अर्ब ३० करोड २८ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको बिमा कोषमा २ अर्ब ९६ करोड ६६ लाख ६० हजार रुपैयाँ रहेको थियो । यता, नाफा भन्दा पुँजी वृद्धिको अनुपात धेरै हुँदा सूर्या लाइफको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ १ पैसाले घटेर १९ रुपैयाँ १२ पैसा भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २० रुपैयाँ १३ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ७८ पैसा छ ।

सूर्या लाइफको दोस्रो त्रैमासिक रिपोर्ट यहाँबाट हेर्नुहोस् ।

Post Your Comment