Market Closed

सूर्या लाइफको १२% बोनस सेयर दिने घोषणा, ७०% हकप्रद पनि आउँदै

12 May,2019
  • surya-life-insurance-company-ltd_8_8_2018_10_31_43.jpg
नेपाली पैसा
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले १२% बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँको १२% बोनस सेयर दिने घोषणा गरेको हो । यस्तै, बोनसमा लाग्ने कर तिर्न ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश पनि दिने भएको छ ।
 
प्रस्तावित लाभांश बिमा समितिको स्वीकृतिपछि वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ । कम्पनीले हाल कायम पुँजीमै ७०% हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । प्रस्तावित १२% बोनस र ७०% हकप्रदपछि चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ ।
 
सूर्या लाइफले विगतमा दिएको लाभांश ः



Post Your Comment