Market Closed

सूर्या लाइफको ७०% हकप्रद सेयरले यस्तो पायो रेटिङ

11 Jul,2019
  • surya-life-insurance-company-ltd_8_8_2018_10_31_43.jpg
नेपाली पैसा
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सको ७०% हकप्रदको रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको यो हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ । सूर्याले १०ः७ अनुपातमा ७९ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।  
 
यता, कम्पनीले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीमा ७०% हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसअघि कम्पनीले सोही पुँजीबाट १२% बोनस सेयर वितरण गर्ने प्रस्ताव असार ११ गतेको साधारण सभाबाट पारित गरिसकेको छ  ।
 
सूर्याले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रदको बाटो रोजेको हो । सभाबाट पारित १२% बोनस र ७०% हकप्रदपछि चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ ।

Post Your Comment