Market Closed

समताको ५०% हकप्रद भर्ने मंगलबार अन्तिम मौका, असार ११ गते सम्मका सेयरधनीले आवेदन दिन सक्ने

12 Aug,2018
  • Samata-microfinance-bittaya_8_12_2018_12_46_03.jpg
नेपाली पैसा
 
काठमाडौं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्न अब २ दिन मात्र समय बाँकी रहेको छ । समताको हकप्रद साउन २९ गते मंगलबारसम्म मात्र खुला रहनेछ । यस माइक्रोफाइनान्सले गत असार २७ गतेदेखि २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता सेयर बिक्री खुला गरिरहेको छ । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद  असार ११ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
 
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन पाइनेछ । त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।
 
हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ७३ लाख ८५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा (वार्षिक) रहेको समताको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५९ पैसा छ ।

Post Your Comment