Market Closed

समताको ५०% हकप्रद सेयर बल्ल पुग्यो खातामा, फेरि २००% हकप्रद ल्याउने

25 Nov,2018
  • Samata-microfinance-bittaya-sanstha-Ltd_8_14_2018_11_33_38.jpg
नेपाली पैसा
 
काठमाडौं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाले ५०% हकप्रद सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत असार ११ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीहरुको हकप्रद खातामा जम्मा गरिदिएको हो । समताले गत असार २७ गतेदेखि साउन २९ गतेसम्म १ लाख ८९ हजार ६०० कित्ता (५०%) हकप्रद सेयर बिक्री गरेको थियो ।
 
यस्तै, असार ११ गतेपछि सेयर डिम्याट गरेकाहरुको हकप्रद पनि खातामा जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । यता, कम्पनीले हालसम्म पनि डिम्याट नगरेका सेयरधनीहरुलाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । अनिमात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा हकप्रद सेयर जम्मा हुनेछ ।
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीले गत असार साउनमा बिक्री गरेको ५०% हकप्रद भने पहिलो त्रैमासमा पुँजीकृत गरेको छैन । यो हकप्रदपछि पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
 
समताले यो चुक्ता पुँजीबाट ६.६६% बोनस सेयर र ७.३६% नगद लाभांश वितरण गर्ने प्रस्ताव मंसिर २७ मा हुने साधारण पेश गर्दैछ । कम्पनीले यसअघि १०% बोनस सेयर र ११.०५% नगद लाभांश दिने घोषणा गरेको भएपनि हकप्रद भर्नेले पनि पाउने भएपछि बोनसदर घटाएको हो । 
 
यसैगरी, प्रस्तावित बोनस र बिक्री भइसकेको ५०% हकप्रदपछि कायम हुने ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीमा फेरि २००% हकप्रद जारी गर्ने पनि कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समताले २० लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी (वार्षिक) २१ रुपैयाँ ९८ पैसा रहेको समताको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १ पैसा छ ।

Post Your Comment