Market Closed

समताको १४.०२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले बोलायो एजीएम ?

27 Nov,2018
  • Samata-microfinance-bittaya-sanstha-Ltd_8_14_2018_11_33_38.jpg
नेपाली पैसा
 
काठमाडौं : समता माइक्रोफाइनान्सको १४.०२% लाभांश सुरक्षित गर्ने मंगलबार (मंसिर ११ गते) अन्तिम दिन हो । मंसिर २७ गते साधारण सभा गर्नका लागि कम्पनीले बुधबार (मंसिर १२ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । मंगलबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । 
 
सभामा समताले हालै बिक्री गरेको ५०% हकप्रदपछि कायम चुक्ता पुँजीको ६.६६% बोनस सेयर र ७.३६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । समताले यसअघि १०% बोनस सेयर र ११.०५% नगद लाभांश दिने घोषणा गरेको भएपनि हकप्रदले पनि पाउने भएपछि बोनसदर घटाएको हो ।
 
यसैगरी, प्रस्तावित बोनस र बिक्री भइसकेको ५०% हकप्रदपछि कायम हुने ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीमा फेरि २००% (१ः२) हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि पेश हुँदैछ । समताले आफ्नो नाम परिवर्तन गर्ने तथा जारी र चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पेश गर्दैछ । 

साधारण सभा होटल इच्छा सिमरा, बारामा बिहान ११ः३० बजे सुरु हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीले २० लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १ पैसा छ ।
 

Post Your Comment