Market Closed

समता लघुवित्तको बुक क्लोज मिति तय, २६.३२% लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

04 Dec,2020
  • Bonus_8_15_2_12_4_2020_11_35_23.jpg
नेपाली पैसा

काठमाडौं : समता लघुवित्त वित्तीय संस्थाले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल क्लासिक प्रा.लि सिमरा बारामा बिहान १०.३० बजे सुरु हुनेछ । सभामा कम्पनीले २६.३२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २०% बोनस र ६.३२% नगद गरी कुल २६.३२% लाभांश दिने घोषणा गरेको छ । यसर्थ, कम्पनीले २ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

त्यस्तै, १ करोड २० लाख ७० हजार ५३५ रुपैयाँ नगद बाँड्नेछ । सभा प्रयोजनका लागि समताले पुस ५ गतेबाट १४ गतेसम्म बुक क्लोज गर्नेछ । पुस ४ गतेसम्म कायम सेयरधनीले २६.३२% लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल समता लघुवित्तको चुक्ता पुँजी १९ करोड ११ लाख १६ हजार रुपैयाँ छ । अहिले घोषणा गरेको बोनस सेयरपछि पुँजी २२ करोड ९३ लाख ३९ हजार ३६० रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment