Market Closed

सपोर्ट माइक्रोफाइनान्सको एजीएम चैत २९ मा, यसरी हुँदैछ कार्यक्षेत्र विस्तार

29 Mar,2018
  • AGM2_3_29_2018_11_33_59.png
नेपाली पैसा 
 
काठमाडौं : सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा चैत २९ गते हुने भएको छ । सपोर्टले १० जिल्लाबाट कार्यक्षेत्र बढाएर १९ जिल्ला पुर्याउने विशेष प्रस्ताव पेश गर्दैछ । कम्पनीले प्रदेश १ को झापा, इलाम, ताप्लेजुङ्, मोरङ, संखुवासभा, ओखलढुंगा र सोलखुम्बु तथा प्रदेश २ को सिराहा र सप्तरीमा नयाँ शाखा कार्यालय थप गर्न लागेको हो ।  
 
त्यस्तै, मुख्य कार्यालय इटहरीको वडा नम्बर २६ बाट इटहरीकै वडा नम्बर १ मा सार्ने प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ । साधारण सभा दुर्गा पार्टी प्यालेस इटहरी उपमहानगरपालिका वडा नम्बर ४, आइतबारेमा बिहान ११ बजे सुरु हुनेछ । प्रमुख कार्यकारी अधिकृतको तलब तथा सञ्चालकहरुको बैठक भत्ता सम्बन्धी नियमावलीहरु संशोधन गर्ने एजेन्डा पनि रहेका छन् ।
 
आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि सभामा पेश हुनेछ । साधारण सभा गर्न सपोर्टले चैत १६ देखि चैत २९ गतेसम्म बुक क्लोज गर्दैछ । यो माइक्रोफाइनान्सले गत असोज १८ देखि २३ गतेसम्म १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको ६ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७९ पैसा छ ।
 
 
 

Post Your Comment