Market Closed

सपोर्ट माइक्रोफाइनान्सको १ लाख ८० हजार कित्ता आइपीओ भर्ने आज अन्तिम दिन

09 Oct,2017
  • IPO_10_9_2017_9_57_07.jpg
नेपाली पैसा
 
काठमाडौं : सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ भर्ने सोमबार (असोज २३ गते) अन्तिम दिन हो । सोमबार कार्यालय समयसम्म मात्र यो आइपीओमा आवेदन दिन सकिनेछ । सपोर्टले असोज १८ गतेदेखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओमा २% सेयर कर्मचारी र ५% सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यसआधारमा, कर्मचारीले ३ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुले ९ हजार ५०० कित्ता सेयर पाउनेछन् । बाँकी रहेको सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
 
यो आइपीओमा न्यूनतम ५० कित्ता देखि अधिकतम ९०० कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा सपोर्टको प्रमुख कार्यालय इटहरी उपमहानगरपालिका–२६ सुनसरीबाट आवेदन दिन पाउनेछन् । त्यसैगरी, आस्वा अनुमति पाएका सम्पूर्ण बैक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइनेछ । हाल कम्पनीले पाँचथर, तेह्रथुम, धनकुटा भोजपुर, खोटाङ, सुनसरी, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लामा आफ्नो कारोबार सञ्चालन गरिरहेको छ । सपोर्टको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४८ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 

Post Your Comment