Market Closed

सञ्चालन घाटाले उठ्न दिएन सपोर्ट माइक्रोफाइनान्सलाई, २१ लाख ३६ हजार रुपैयाँ नोक्सानमा

12 Nov,2017
  • report_11_12_2017_5_02_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : केही दिनअघिमात्र आइपीओ बाँडफाँट गरेको सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले पहिलो त्रैमासमा २१ लाख ३६ हजार रुपैयाँ नोक्सानमा गएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको यसै अवधिमा ४ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको सपोर्ट चालु आवको पहिलो ३ महिनामा भने नोक्सानमा देखिएको हो । यसअवधिमा कम्पनी २९ लाख ३३ हजार रुपैयाँ सञ्चालन घाटामा छ । गत वर्षको तुलनामा यसको सञ्चालन घाटा झनै बढ्ने क्रममा देखिएको हो । गत वर्षको यसै अवधिमा १ लाख ६ हजार रुपैयाँमात्र सञ्चालन घाटामा थियो । सपोर्टको पहिलो ३ महिनामा खुद ब्याज आम्दानीमा भने ६.३५ प्रतिशतको झिनो वृद्धि देखिन्छ । यो ३ महिनामा सपोर्टले ४८ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४५ लाख ५६ हजार रुपैयाँ थियो ।

सपोर्टले ३ करोड ५५ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २९ करोड ६१ लख २७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो गत वर्षको तुलनामा निक्षेप संकलन र कर्जा लगानीमा क्रमशः २२४.७४ प्रतिशत र ८१.१७ प्रतिशत वृद्धि हो । गत वर्षको यस अवधिमा सर्पोटको निक्षेप संकलन १ करोड ९ लाख ४६ हजार रुपैयाँ थियो भने कर्जा लगानी १६ करोड ३४ लाख ४३ हजार रुपैयाँ थियो । कम्पनीको चुक्ता पुँजी गत वर्ष जस्तै अहिले पनि ४ करोड २० लाख रुपैयाँ छ । हाल कम्पनीले पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सुनसरी, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लामा आफ्नो कारोबार सञ्चालन गरिरहेको छ । सपोर्टले भर्खरैमात्र १ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो । 
 
 
 

Post Your Comment