Market Closed

सपोर्ट माइक्रोफाइनान्सको नाफा ५४.१९% ले खुम्चियो, रिजर्भ कोषमा जम्मा १६ लाख

01 Feb,2018
  • support-microfinance_2_1_2018_4_33_36.jpeg
नेपाली पैसा
 
काठमाडौं : सपोर्ट माइक्रोमाइनान्स वित्तीय संस्थाको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५४.१९% ले घटेको छ । गत वर्षको सोही अवधिमा १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको माईक्रोफाइनान्सले यो वर्ष भने ६ लाख ७१ रुपैयाँ मात्र आर्जन गरेको छ । खुद नाफा घटे पनि माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा सामान्य सुधार भएको छ । गत वर्ष ९९ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको माइक्रोफाइनान्सले चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा १ करोड ५ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यता, सञ्चालन नाफा भने १४ लाख ६ हजार रुपैयाँबाट घटेर ६ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । ४ करोड ६६ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले ३५ करोड ४५ लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ६ करोड रुपैयाँ छ भने रिजर्भ कोषमा १६ लाख ७२ हजार रुपैयाँ छ । कम्पनीले हालैमात्र आइपीओ बिक्री गरेर चुक्ता पुँजी वृद्धि गरेको हो । यो नेप्सेमा सूचीकृत हुनै बाँकी छ । सपोर्टको खराब कर्जा १.५३% र कस्ट अफ फन्ड ११.४५% छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ २४ पैसा (वार्षिकीकरण) र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७९ पैसा रहेको छ ।

Post Your Comment