Market Closed

सपोर्टको वित्तीय अवस्था नाजुक, १९ लाख ९५ हजार रुपैयाँ नोक्सानमा

06 May,2018
  • support_5_6_2018_10_56_33.jpeg
नेपाली पैसा
 
काठमाडौं : सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १९ लाख ९५ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ । गत वर्ष ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको सपोर्ट यसपालि भने घाटामा गएको हो ।

यता, कम्पनीको खुद ब्याज आम्दानी भने १०.९०% ले बढेर १ करोड ६७ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सपोर्टले १ करोड ५० लाख ७७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।
 
कम्पनीको सञ्चालन नाफा पनि १९ लाख ९५ हजार रुपैयाँ नै घाटामा रहेको छ । चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको सपोर्टको रिजर्भ कोष ९ लाख ९४ हजार रुपैयाँले ऋणात्मक छ । कम्पनीले ५ करोड ६८ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी ३९ करोड १३ लाख ६१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
 
यसको खराब कर्जा बढेर २.३९% भएको छ । गत वर्ष खराब कर्जा ०.१०% रहेको थियो । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा नोक्सानमा रहेको सपोर्टको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ २७ पैसा रहेको छ । 

सपोर्टको पूर्ण वित्तीय विवरण हेर्न यहाँ थिच्नुहोस् ।

Post Your Comment