Market Closed

समिट र नेपाल सेवाको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

31 Dec,2019
  • dividends_img_12_31_2019_10_47_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : समिट लघुवित्त वित्तीय संस्थाको २२.२% लाभांश सुरक्षित गर्ने आज मंगलबार (पुस १५ गते) अन्तिम दिन हो । पुस २९ गते साधारण सभा बोलाएको यस कम्पनीले बुधबार (पुस १६ गते) देखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । सभा, अग्रेस भवन विर्तामोड, झापामा बिहान १० बजे सुरु हुनेछ । 
 
समिटले गत वर्षको नाफाबाट २१.०९% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.११% नगद लाभांश दिन लागेको हो । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यससम्बन्धी काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । बोनस सेयरपछि कायम हुने पुँजीबाट १००% हकप्रद निष्कासन गर्ने अर्को एजेन्डा पनि छ । 
 
यस्तै, नेपाल सेवा लघुवित्त वित्तीय सस्ंथाको पनि २.६२५% लाभांश सुरक्षित गर्ने मंगलबार (पुस १५ गते) अन्तिम दिन हो । पुस २९ गते साधारण सभा बोलाएको यो कम्पनीले बुधबार (पुस १६ गते) देखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । 
 
साधारण सभा, श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे सुरु हुनेछ । यसले गत वर्षको नाफाबाट २.५% बोनस सेयर र कर प्रयोजन सहित ०.१२५% नगत लाभांश वितरण गर्न लागेको हो । यस्तै, नेपाल सेवाले बोनस सेयरपछि कायम हुने पुँजीबाट १००% हकप्रद सेयर निष्कासन गर्ने एजेन्डा पनि बनाएको छ ।  
 

Post Your Comment