समिट मइक्रोफाइनान्सका ७ जना संस्थापकको ३८ हजार ५०० कित्ता सेयर बिक्रीमा

09 Feb,2018
  • Summit-microfinance-development-bank-Ltd_2_9_2018_3_19_39.jpg
नेपाली पैसा
 
काठमाडौं : समिट मइक्रोफाइनान्सका संस्थापकहरुले ३८ हजार ५०० कित्ता सेयर बिक्री गर्ने भएका छन् । कम्पनीका संस्थापक सेयरधनीहरु रुपमाया गुरुङले ५ हजार कित्ता, राम प्रसाद खरेलले २५ सय कित्ता, दिनेश कुमार सुवेदीले ५ हजार कित्ता र इन्द्र नारायण प्रसाईले ४ हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् । यसैगरी, पवन कार्कीले १० हजार कित्ता, बल लाल ताजपुरीयाले ६ हजार कित्ता र सीता कुँवरले पनि ६ हजार कित्ता नै बिक्री गर्नका लागि निवेदन दिएका छन् ।
 
यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्नका लागि सूचना प्रकाशित भएको मिति (माघ २६ गते) बाट ३५ दिन भित्र समिटको केन्द्रीय कार्यालय बिर्तामोड झापामा निवेदन दिनुपर्नेछ । निवेदनमा के कति दरमा कति कित्ता सेयर खरिद गर्ने हो त्यो पनि खुलाउनु पर्नेछ । तोकिएको समयमा कोही पनि संस्थापकबाट आवेदन नआएमा भने अन्य व्यक्ति वा संघसंस्थाले पनि किन्न पाउनेछन् ।

Post Your Comment