सिनर्जी पावरको सेयर खुल्यो, सानिमा बैंकको अधिकांश शाखामा भर्न पाइन्छ

23 Dec,2016
  • ipo-Copy-1_12_23_2016_10_53_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले शुक्रबारदेखि आइपीओ बिक्री खुला गरेको छ ।
 
कम्पनीले एक सय अंकित दरका २१ करोड रुपैयाँ बराबर मूल्यको २१ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । 
 
कम्पनीले तीन प्रतिशत अर्थात ६३ हजार कित्ता सेयर कर्मचारलाई दिएको छ भने पाँच प्रतिशत अर्थात एक लाख पाँच हजार कित्ता सेयर सामुहिक लगानी कोषहरुका लागि छुट्याएको छ । 
 
बाँकी रहेको १९ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो । 
यो आइपीओ पुस १२ गते बिक्री बन्द हुनेछ । १२ गते सम्म आवश्यकता अनुसार आवेदन नपरेमा भने पुस २२ गते सम्म भर्न पाइनेछ । 
 
सिनर्जीको सेयरमा न्यूनतम ५० कित्ता आवेदन दिन पाइनेछ भने अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 
 
यो आइपीओमा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले गरेको छ । स्थानीय बासिन्दाका लागि छुट्याइएको सात करोड रुपैयाँको सेयर भने बिक्री गरिसकिएको छ ।
 
कम्पनीको चुक्ता पुँजी हाल ४२ करोड रुपैयाँ छ । सर्वसाधारणलाई बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ पुग्नेछ । यो कम्पनीले इकाबाट ग्रेड चार प्रमाणपत्र पाएको छ । 
 
लगानीकर्ताले सिनर्जी पावर लिमिटेड नक्साल, सानिमा क्यापिटल नारायणचौर काठमाडौंसहित सानिमा बैंकका सबै शाखा कार्यलयहरुबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।
 
 सिनर्जी पावर कम्पनीमा भने चेकमात्र बुझ्ने व्यबस्था गरिएको छ । 

Post Your Comment