Market Closed

सिनर्जी पावरको आइपीओ भर्ने आज अन्तिम दिन, सानिमा बैंकको शाखाहरूमा फारम बुझाउन सकिने

28 Dec,2016
  • ipo_12_28_2016_10_56_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिनर्जी पावरको आइपीओ आजदेखि बिक्री बन्द हुँदैछ । मागभन्दा बढी आवेदन परिसकेकाले बुधबार बैंकिङ कार्यालय समयपश्चात बिक्री बन्द गरिने कम्पनीले जानकारी दिएको छ । 
 
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले शुक्रबारदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले एक सय अंकित दरका २१ करोड रुपैयाँ बराबर मूल्यको २१ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले तीन प्रतिशत अर्थात ६३ हजार कित्ता सेयर कर्मचारलाई दिएको छ भने पाँच प्रतिशत अर्थात एक लाख पाँच हजार कित्ता सेयर सामुहिक लगानी कोषहरुलाई दिएको छ । 
 
बाँकी रहेको १९ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । सिनर्जीको सेयरमा न्यूनतम ५० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन व्यवस्था गरिएको छ । यो आइपीओमा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले गरेको छ । स्थानीय बासिन्दाका लागि छुट्याइएको सात करोड रुपैयाँको सेयर भने बिक्री गरिसकिएको छ ।
 
कम्पनीको चुक्ता पुँजी हाल ४२ करोड रुपैयाँ छ । सर्वसाधारणलाई बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ पुग्नेछ । यो कम्पनीले इकाबाट ग्रेड चार प्रमाणपत्र पाएको छ । लगानीकर्ताले सिनर्जी पावर लिमिटेड नक्साल, सानिमा क्यापिटल नारायणचौर काठमाडौंसहित सानिमा बैंकका शाखा कार्यलयहरुबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।  सिनर्जी पावर कम्पनीमा भने चेकमात्र बुझ्ने व्यबस्था गरिएको छ । 

Post Your Comment