Market Closed

सिनर्जी पावरको आइपीओ बिहीबार बाँडफाँट हुँदै, कति कित्ता पर्ने अनुमान गर्नुभएको छ ?

15 Feb,2017
  • IPO_2_15_2017_2_17_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको आइपीओ बिहीबार बाँडफाँट हुने भएको छ । सिनर्जी पावरको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार बिहीबार बिहान १० बजे सेयर बाँडफाँट गर्ने कार्यक्रम तय गरिएको छ । सिनर्जीले पुस ८ गते देखि १२ सम्म आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रूपैयाँ अंकित दरले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । जसमा कम्पनीले ३% अर्थात ६३ हजार कित्ता सेयर कर्मचारीलाई दिएको छ भने ५% (एक लाख ५ हजार कित्ता सेयर) सामूहिक लगानी कोषलाई बाँडेको छ । 
 
बाँकी रहेको १९ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरिएको छ । सिनर्जीको सेयरमा न्यूनतम ५० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिने व्यवस्था गरिएको थियो । कम्पनीको चुक्ता पुँजी हाल ४२ करोड रुपैयाँ छ  । सर्वसाधारणलाई बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ पुग्नेछ । सिनर्जीले स्थानीय बासिन्दालाई सात करोड रुपैयाँ बराबरको सेयर पनि यसअघि नै बिक्री गरिसकेको छ । 

Post Your Comment