Market Closed

सिनर्जी पावरको आइपीओ भयो बाँडफाँट, न्यूनतम १० देखि अधिकतम ६१६ कित्तासम्म लगानीकर्ताले पारे हात

16 Feb,2017
  • IPO_2_16_2017_5_18_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिनर्जी पावर डेभलपमेन्टको सेयर बाँडफाँट भएको छ । यो सेयरमा न्यूनतम १० कित्ता र धेरै पाउनेले ६१६ कित्तासम्म हात पारेका छन् । साना लगानीकर्तालाई चिठा प्रणालीबाट सेयर दिइएको हो । ३१० कित्तासम्म आवेदन दिनेलाई चिठामा सेयर वितरण गरिएको छ । त्यसभन्दा बढी आवेदन दिनेले दामासाहीका हिसाबले सेयर पाएका छन् । यो सेयरमा ३३.५९ गुणा बढी आवेदन परेको हो । ३१ हजार रूपैयाँसम्म लगानी गर्नेलाई चिठा प्रणालीबाट बाँडिएको हो । त्यसभन्दा बढी लगानी गर्ने भने सबैले सेयर पाएका छन् । कुल एक लाख एक हजार ६५५ जना आवेदक बाँडफाँट सूचीमा परेकामा ७१ हजार ४८९ जनाले सेयर पाएका छन् । 
 
 सिनर्जीले पुस ८ गतेदेखि १२ सम्म आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले एक सय अंकित दरका २१ करोड रुपैयाँ बराबर मूल्यको २१ लाख कित्ता सेयर बिक्री गरेको थियो । जसमा कम्पनीले ३५ अर्थात ६३ हजार कित्ता सेयर कर्मचारीलाई दिएको छ भने ५५ अर्थात १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषले पाएका छन् । बाँकी रहेको १९ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरिएको छ ।
 
 सिनर्जीको सेयरमा न्यूनतम ५० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिने व्यवस्था गरिएको थियो । कम्पनीको चुक्ता पुँजी हाल ४२ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ पुग्नेछ । सिनर्जीले स्थानीय बासिन्दाका लागि भने ७ करोड रुपैयाँको सेयर बिक्री गरिसकेको छ । 

Post Your Comment