Market Closed

सिनर्जी पावरले आइपीओ नपरेको पैसा फागुन १० देखि कसरी गर्दैछ फिर्ता, बैंक खातामा कि चेक ?

17 Feb,2017
  • Refund_2_17_2017_12_42_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिनर्जी पावर लिमिटेडले फागुन १० गतेदेखि आइपीओ नपरेको पैसा फिर्ता दिने भएको छ । तर पैसा कुन विधिबाट दिने भनेर खुलाएको छैन । बैंक खातामै नगद ट्रान्सफर गर्ने वा चेकबाटै भुक्तानी दिने हो भनेर पनि जानकारी दिइएको छैन । सानिमा क्यापिटल लिमिटेडका अनुसार पैसा फिर्ता गर्ने सम्बन्धमा फेरि सूचना निकालिनेछ । अहिलेलाई भने आइपीओमा नपरेको पैसा सानिमा क्यापिटल लिमिटेड नारायणचौर नक्सालबाट मात्र फिर्ता गरिने जानकारी दिइएको छ । सिनर्जी पावरको आइपीओ बिहीबार बाँडफाँट गरिएको हो । 
 
शुक्रबार निकालिएको सूचना प्रस्ट नभएकाले कहाँबाट कसरी फिर्ता दिने भन्ने सम्बन्धमा फेरि अर्को सूचनामार्फत जानकारी गराइने सानिमा क्यापिटल लिमिटेडकी मर्चेन्ट बैंकिङ प्रमुख रश्मी रिजालले जानकारी दिइन । त्यसो त सानिमा क्यापिटलले शुक्रबार निकालेको सूचनामा फागुन १० देखि पैसा फिर्ता दिने भने पनि चेक दिने वा बैंक खातामा ट्रान्सफर गर्ने भन्नेमा केही पनि खुलाइएको छैन । 
 
यो सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता र धेरै पाउनेले ६१६ कित्ता सम्म हात पारेका छन् । कुल एक लाख एक हजार ६५५ जना आवेदम बाँडफाँड सुचीमा परेकामा ७१ ह्जार ४८९ जनाले मात्र सेयर पाएका छन् । सिनर्जीले पुस ८ देखि १२ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो । 
कम्पनीले एक सय अंकित दरका २१ करोड रुपैयाँ बराबर मूल्यको २१ लाख कित्ता सेयर बिक्री गरेको थियो । जसमा कम्पनीले ६३ हजार कित्ता सेयर कर्मचारीलाई दिइएको छ भने एक लाख पाँच हजार कित्ता सेयर सामूहिक लगानी कोषले पाएका छन् ।

बाँकी रहेको १९ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरिएको थियो । सिनर्जीको सेयरमा न्यूनतम ५० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिने व्यवस्था गरिएको थियो । कम्पनीको चुक्ता पुँजी हाल ४२ करोड रुपैयाँ छ । सर्वसाधारणलाई बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ पुग्नेछ । 

Post Your Comment