Market Closed

सिनर्जी पावरको नाफा यसकारण बढ्यो

08 Aug,2019
  • Profits_8_8_2019_2_40_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ६५.७३% ले नाफा वृद्धि गर्दै २ करोड ६५ लाख ३८ हजार रुपैयाँ कमाएको छ । सिनर्जीको विद्युत् बिक्रीबाट हुने आम्दानी ५.०९%ले घटेर १९ करोड १९ लाख ८१ हजार रुपैयाँमा सीमित भए पनि अन्य शीर्षकको नाफा बढेको छ । यस्तै, कतिपय शीर्षकको खर्च घटेका छन् । यही कारण खुद नाफा बढेको हो ।

कम्पनीका अनुसार अन्य क्षेत्रबाट हुने आम्दानी वृद्धि भएर ७८ लाख २१ हजार रुपैयाँ पुगेको छ । कम्पनीले प्रशासनिक खर्च कटौती गर्न पनि सफल भएको देखिन्छ । यस त्रैमास सम्ममा आयोजना खर्च ६३ लाख ४६ हजार रहेको छ । अघिल्लो वर्ष यसै बेला आयोजना खर्च १ करोड ४७ लाख ६७ हजार थियो । 
 
कम्पनीको रिभर्ज कोष ऋणत्मक भए अनुपात कम गर्न सफल भएको छ । अघिल्लो वर्ष १३ करोड ६० लाख २६ हजार ऋणत्मक रहेको रिजर्भ कोष यस वर्ष घटेर १० करोड ९४ लाख ८७ हजार रुपैयाँमात्र ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी जम्मा ३ रुपैयाँ ७९ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ पनि ८४ रुपैयाँ ३६ पैसा मात्र छ । यी सूचकले कम्पनीको अवस्था कमजोर रहेको देखाउँछ । 



 
 

Post Your Comment