माछापुच्छ्रे र सनराइजले पनि दिने भए मुद्दतिमा ११% ब्याजदर

08 Mar,2018
  • interest_3_8_2018_2_19_06.jpg
नेपाली पैसा
 
काठमाडौं : माछापुच्छ्रे र सनराइज बैंकले पनि मुद्दति निक्षेपमा ११% ब्याज दिने भएका छन् । माछाले ३ देखि १२ महिनाका लागि मुद्दति खातामा वार्षिक ११% ब्याजदर दिने जनाएको छ । यता, सनराइज बैंकले पनि महा मुद्दति खाता योजना ल्याएको छ । यो खाता अन्तर्गत बैंकले ११% ब्याजदर दिने सूचना जारी गरेको छ । 
 
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावका कारण दोहोरो अंकको ब्याजदर दिन थालेका छन् । मुद्दतिमा मात्र नभएर बचतमा पनि दोहोरो अंकको ब्याजदर दिन थालेपछि बैंकर्स संघले ब्याजदर नबढाउने निर्णय गरेका छन् । बैंकर्सहरुको निर्णयपछि अहिले मुद्दतिमा अधिकतम ११% र बचतमा ८% मात्र ब्याजदर कायम भएको छ ।

Post Your Comment