सनराइज बैंक र शिखर इन्सुरेन्सबीच बैंकास्योरेन्स सम्झौता

22 Mar,2019
  • IMG_9688_3_22_2019_3_46_22.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंक र शिखर इन्सुरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका हुन् ।
 
उक्त सम्झौतापश्चात ग्र्राहकहरुले सनराइज बैंकका सबै शाखाबाट शिखर इन्सुरेन्समा निर्जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले निर्जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकले जनाएको छ । 

Post Your Comment