Market Closed

नेप्सेमा ४ कम्पनीको १ करोड ६९ लाख कित्ता बोनस सेयर सूचीकृत

13 Feb,2020
  • share_listing_2_13_2020_5_58_43.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा ४ कम्पनीको १ करोड ६९ लाख १६ हजार ५५६.७३ कित्ता सेयर सूचीकृत भएको छ । जसमा, सबैभन्दा धेरै सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५.८५ कित्ता बोनस सेयर रहेको छ । सनराइजले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% बोनस सेयर वितरण गरेको थियो । 
 
यस्तै, मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७७३.३८ कित्ता सेयर पनि नेप्सेमा सूचीकृत भएको हो । यस बैंकले पनि आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १७.६०% बोनस सेयर वितरण गरेको थियो । त्यसैगरी, हिमालयन डिष्टिलरीको १९ लाख २८ हजार २२७.५० कित्ता र लक्ष्मी लघुवित्तको ३ लाख ६३ हजार कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ ।

हिमालयन डिष्टिलरीले गत वर्षको नाफाबाट ५०% र लक्ष्मी लघुवित्तले १५% बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Post Your Comment