Market Closed

सनराइज बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, ८ कात्तिक २०७३)

24 Oct,2016
  • sunrise_bank_resize_10_24_2016_11_03_48.jpg

२०७२/७३ आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा २ गुणा बढेर रू. २५ करोड ३१ लाख पुगेको छ । बैङ्कको आइतवार सम्पन्न भएको साधारणसभाले ३३ दशमलव ३३ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती बिश्लेषण : अन्तिम दिनमा लामो टुप्पी र पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यसले बजारमा शेयर खरीद गर्ने र विक्री गर्नेे दुवैको चाप बढेको देखिन्छ ।

आरएसआई : ओभरसोल्ड जोन (८ दशमलव ३० स्केल)मा छ । विक्री चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन : ८ दशमलव ७१ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य सातदिने औसत मूल्यरेखा, ट्रेण्डलाइन र २१ दिने मूल्य रेखाभन्दा तल छ । हालको बिन्दुबाट मूल्य महँगिएमा रू. ६ सय ४८ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७३/७४ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको पहिलो त्रैमासमा नाफा २ गुणा बढेर रू. २५ करोड ३१ लाख पुगेको छ । खुद ब्याज आम्दानी ८३ दशमलव ७२ प्रतिशत र सञ्चालन नाफा ९१ दशमलब ९० प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा २५ दशमलव ३८ प्रतिशतबाट घटेर २० दशमलव ९४ प्रतिशतमा सीमित भएको छ ।

- जगेडा कोष ९९ दशमलव ८० प्रतिशत बढेर रू. १ अर्ब ९ करोड पुगेको छ ।

- ब्याज आम्दानी ५३ दशमलव ६५ प्रतिशत बढेर रू. १ अर्ब ५ करोड र ब्याज खर्च ३३ प्रतिशत बढेर रू. ५४ करोड ४१ लाख पुगेको छ ।

- कर्मचारी खर्च २६ प्रतिशत, कुल सञ्चालन नाफा ७४ दशमलव ८९ प्रतिशत र अन्य सञ्चालन खर्च ८५ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति ४६ दशमलव ७० प्रतिशत बढेर रू. ४४ करोड ७२ लाख र अन्य सम्पत्ति २ गुणा बढेर रू. १ अर्ब २२ करोड पुगेको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम २ गुणा बढाएर १५ करोड १७ लाख पुर्‍याएको छ  ।

- गत अवमा रहेको ७ करोड २३ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- बैङ्कको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात २३ दशमलव ४८ गुणा, प्रतिशेयर आम्दानी १९ दशमलव १ र मूल्य आम्दानी अनुपात ३३ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको ५ गुणा छ ।

Post Your Comment